सुनसरी,। सप्तकोसीमा पानीको बहाव अत्यधिक भएपछि सुनसरी र सप्तरी दुवै जिल्लाका सुरक्षा प्रमुखहरूले आइतबार कोशी ब्यारेज पुगेका थिए।
पछिल्लो मापनअनुसार कोशी व्यारेज भएर ३ लाख ८६ हजार ७ सय ३५ क्युसेक पानी बगिरहेको छ । ब्यारेजका सबै ५६ ढोका खोलिएका छन् ।
सम्भावित खतराको आकलन तथा कोशी ब्यारेज र तटबन्ध लगायतका संरचना अनुगमनका लागि दुवै जिल्लाका सुरक्षा प्रमुखहरु कोशी ब्यारेजमा पुगेर पानीको अवस्था के रहेको सुनसरीका एसपी विपिन रेग्मीले बताएका छन् ।