सरकारमा मुस्लिम समुदायबाट मन्त्री नबनाएकोप्रति संघको आपत्ति

नसीम अन्सारी
सुनसरी,। नेपाल मुस्लिम संघले वर्तमान सरकारमा मुस्लिम समुदायबाट प्रतिनिधित्व नगराइएको भन्दै बिरोध जनाएको छ ।

सत्तारुढ नेपाली काँग्रेस निकट नेपाल मुस्लिम संघले बुधवार पत्रकार सम्मेलन गर्दै नेपाली काँग्रेस पार्टी पटक-पटक सरकारमा सहभागि हुँदा पनि मुस्लिम समुदायका सांसदहरुलाई केन्द्र र प्रदेशमा मन्त्री नबनाएको भन्दै बिरोध जनाएको हो ।

काँग्रेसले मुस्लिम समुदायको सांसदलाई सरकारमा सामेल नगराएर मुस्लिम समुदायलाई पटक पटक अपमानित गर्न गरेको संघले जनाएको छ ।

संघले पार्टीले संविधान र पार्टीको विधानलाई समेत कार्यान्वयन नगरेको भन्दै मुस्लिम समुदायलाई पार्टीप्रति आशंका उत्पन्न भएको बताएको छ ।

नेपाल मुस्लिम संघका सभापति अताबुल मन्सुरीले मुस्लिम समुदायका सांसदलाई मन्त्री बनाउन पार्टीको ध्यानाकर्षण गराएको बताउनु भयो ।

उहाँले आगामी दिनमा प्रदेश सरकार बनाउँदा मुस्लिम समुदायको बाहुल्यता रहेको प्रदेशहरुमा मुस्लिम सांसदलाई प्रतिनिधित्व गराउन संघको माग रहेको पनि जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘नेपाली कांग्रेसको नेतृत्वमा विभिन्न चरणमा पार्टी सरकारमा सामेल हुँदा समेत कुनैपनि मुस्लिम सांसदलाई सरकारमा सामेल नगराउनु आफैँमा त्रुटी छ ।

नेपालको संविधान बमोजिम राष्ट्रिय सभादेखि सरकारमा मुस्लिमलाई समावेश नगराउनु नेपालको संविधान र पार्टीको विधानलाई पार्टीले कार्यान्वयन नगर्नु÷नगराउनुले नेपाली मुस्लिम समुदायमा आशंका उत्पन्न भएको छ ।

वर्तमान सरकार मुस्लिम, दलित विहिन निर्माण भयो । यस सम्बन्धमा पार्टी सभापति तथा महामन्त्रीज्यु लगायत पार्टी पंक्तिमा विनम्र निवेदन गर्न चाहान्छौँ ।

केहि दिन पछि गठन हुँदै गरेको प्रदेश सरकारहरुमा (कोशी प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेश) मुस्लिम समुदायको बाहुल्य रहेको प्रदेशहरुमा गम्भीर ध्यान पु¥याएर प्रदेश सरकारमा मुस्लिम प्रतिनिधित्व गराइएन भने गम्भीर रुपमा पार्टीप्रति सिंगो देशको मुस्लिम समुदायले विद्रोह गर्ने गराउने खालको आवाजहरु मुस्लिम संघको ४७ जिल्ला कार्यसमितिबाट आउने गरेकोले पार्टीको जिम्मेवार नेतागणहरुमा जानकारी गराउँछौँ ।’

सभापति मन्सुरीले राज्यका विभिन्न निकायहरुमा नियुक्तिको सिफारिस गर्दा समावेशि सिद्धान्तलाई ध्यानमा राखि मुस्लिम समुदायका क्षमतावान र दक्ष व्यक्तिहरुलाई समेट्न आग्रह गरिएको पनि बताउनु भयो ।

Related Posts