प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित सात जना पक्राउ

सांकेतिक तस्वीर

इनरुवा,। इटहरी र धनकुटाको छुट्टा-छुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित सातजनालाई प्रहरीले पक्राउ गरेको छ ।

धनकुटा नगरपालिका १ हिले स्थितमा प्रहरी चौकी हिले र इलाका प्रहरी कार्यालय पाख्रीबासबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा २ ग्राम ५ सय ६० मिलिग्राम ब्राउनसुगरसहित स्थानीय ३१ वर्षीय राजेश तामाङ, २९ वर्षीय बिनोद घिमिरे, २५ वर्षीय फुर्वा तामाङ, २६ वर्षीय पदम न्यौपाने, २७वर्षीय युवराज बिक र पाख्रीबास ३ का २५ वर्षीय सरोज तामाङलाई नियन्त्रणमा लिएको छ ।

यस्तै, इटहरी उपमहानगरपालिका ६ स्थितमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले सोही स्थानमा होटल सञ्चालन गर्दै आएका ४० र्षीय सुनील चौधरीलाई २ ग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका उनीहरूको सम्बन्धित प्रहरी कार्यालयहरूबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related Posts