गढीमा दुर्घटनामा परी साइकलयात्री गम्भीर घाइते

इनरुवा,। सुनसरीको गढी गाउँपालिकामा दुर्घटनामा परी साइकलयात्री गम्भीर घाइते भएका छन् । घाइते हुनेमा गढी–६ मझैका ४६ वर्षीय रामनारायण स्वर्णकार रहेका छन् ।

बिहीबार बेलुका ८:४५ बजेतिर मझैस्थित पक्की सडकखण्डको कल्भर्टको खाल्डोमा लडेका थिए । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेका उनी खाल्डोमा लडेर गम्भीर घाइते भएपछि बूढीगङ्गास्थित विराट टिचिङ हस्पिटलमा उपचाररत छन् ।

उनको अनुहार, दुवै हात र वाया कम्मरमा चोट लागेको छ । मादक पदार्थ सेवन गरेर साइकल कुदाएका कारण दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।

 

Related Posts