नसीम अन्सारी
सुनसरी,। काँग्रेस र एमाले गठबन्धन सरकारको मन्त्रपरिषद्मा मुस्लिम मन्त्री किन अटाएन भन्ने कुरा मुस्लिम समुदायले वुझने सकेको छैन।
नेपाली काँग्रेस पार्टीलाई मुस्लिम समुदायले सबैभन्दा बढी ६० प्रतिशत मतदान गर्न मुस्लिम समुदायलाई मन्त्री मण्डलमा ठाउँ नदिनु नेपाली काँग्रेसले मात्रै भोट बैंक समझेर प्रयोग गरिरहेका मुस्लिम अगुवाहरुको वुझाई रहेको हो।
मुस्लिम समुदायप्रति सबैभन्दा बढी उदार रहेको दावा गर्ने नेपाली काँग्रेस पार्टीले पनि अन्ततः कुनै मुस्लिमलाई मन्त्री परिषदमा लगेन । सवभन्दा लोभ लाग्दो १० वटा मन्त्रालय पाएको काँग्रेसले समेत यसपटक मुस्लिमलाई मन्त्री परिषदमा लैजान्छ भन्ने चर्चा मुस्लिम समुदायमा रहेको थियो ।
त्यसैगरी नेकपा एमाले पार्टीलाई समेत मुस्लिम समुदायले दोस्रो नम्बरमा २० प्रतिशत मतदान गर्न मुस्लिम समुदायलाई मन्त्री मण्डलमा सहभागी नगराउनु एमाले पनि मात्रै भोट बैंकको रुपमा मुस्लिम समुदायलाई समय समयमा प्रयोग गर्न गरेको देख्न सकिन्छ ।
नेकपा एमाले पार्टीले पनि मुस्लिम समुदायप्रति बेला बेलामा गैरजिम्मेवारी रबैया देखाउँदै गरेको देखिन्छ । एमाले पार्टीले पनि आफुलाई मुस्लिम समुदायको हितैसी रहेको भाषण मात्रै गरेको देखिन्छ तर व्यवहारमा त्यस्तो केही पनि देख्दैन।
अतस् आज प्रधानमन्त्री ओलीको सिफारिसमा भएको मन्त्री परिषद्को बिस्तारमा ३ वटा राज्य मन्त्री थपेको एमालेले कुनै मुस्लिमलाई पत्याएन।
राज्यमन्त्रीमा नियुक्त गर्नुभएको अरुणकुमार चौधरी, रुपा विक र पूर्णबहादुर तामाङलाई नियुक्त गर्नुभएको हो । प्रधानमन्त्री ओली नेतृत्वको मन्त्रीपरिषद्मा दलित र मुस्किललाई सहभागी नगराउँदा दलित र मुस्लिम समुदायबाट विरोध सुरु भएपछि आजको मन्त्री मण्डलमा दलितलाई सहभागी गराएपनि मुस्लिमलाई सहभागी गराएको छैन ।
यसरी समानुपातिक समावेशीको चर्को नारा लगाउने काँग्रेस र एमालेले ‘बाहुनरक्षत्री बाहुल्य मन्त्री परिषद्’ गठन गर्न सरकारलाई सघाएको छ । काँग्रेस र एमालेले मुस्लिम समुदायबाट कसैलाई मन्त्री परिषदमा लगेन ।
काँग्रेस र एमालेले दलितबाट पनि मन्त्री बनाउने निर्णय गरेको थियो तर मुस्लिमबाट भने मन्त्री बनाउने कुनै निर्णय गरेको थिएन । अब यस दुवै पार्टीले मुस्लिमलाई मन्त्री बनाउने के आशा गर्न सकिन्छ ।
काँग्रेस र एमाले पटक-पटक सरकारमा गएको छ । तर, पार्टीले कहिल्यै मुस्लिमलाई मन्त्री बनाएको छैन ।





