मुस्लिम नेताहरूद्वारा काँग्रेस सभापति देउवालाई ध्यानाकर्षण पत्र वुझायो

नसीम अन्सारी
सुनसरी,। मुस्लिम समुदाय नेताहरूद्वारा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र वुझाएको छ।

मुस्लिम समुदायका नेताहरूले आइतबार बुढानिलकण्ठस्थित देउवा निवासमा काँग्रेस सभापति देउवालाई भेटघाट गरि वर्तमान सरकारमा मुस्लिम समुदायबाट मन्त्री मण्डल पार्टीको तर्फबाट एक जनालाई पनि सहभागी नगराएकोप्रति मुस्लिम समुदायमा व्यापक विरोध भइरहेको नेताहरुले सभापति देउवालाई सुनाएको हो।

त्यसैगरी मुस्लिम नेताहरूले सभापति देउवालाई काँग्रेस र एमाले गठबन्धनको सरकारले विभिन्न देशका लागि राजदूत नियुक्ति सिफारिस गर्दा पनि मुस्लिम समुदायबाट कसैलाई सिफारिस नगर्नु मुस्लिम समुदायको लागि दु:खद कुरा भएको मुस्लिम नेताहरुले सभापति देउवा समक्ष गुनासो व्यक्त गरेका हुन् ।

नेपाली काँग्रेस पार्टीले नारामा मात्रै सबै जात जातीयलाई समावेशिता गरेको मात्रै सुनिन्छ तर धरातलमा त्यस्तो केहि पनि देखन सकिरहेका छैन। मुस्लिम नेताहरुले पार्टीको विधान र संविधानमा उल्लेख भएको अधिकार पनि मुस्लिम समुदायलाई नदिनुको कारण के रहेको समेत सभापति देउवासँग सोधेका थिए।

नेपालमा मुस्लिम समुदायले ६० प्रतिशत मतदान नेपाली काँग्रेस पार्टीलाई गरिन्छ तर पार्टीले जहिले पनि मुस्लिम समुदायलाई भोट बैंकको रुपमा मात्रै प्रयोग गर्दै आइरहेको इतिहास काँग्रेसमा हेर्न सकिन्छ । काँग्रेसलाई भोट चाहिन्छ तर सांसद र मन्त्री किन चाहदैनन् नेताहरुले प्रश्न सोधेका थिए।

काँग्रेस युवा नेता डा. अबुल हुसैन अन्सारीसँग स्मार्ट २४ न्यूजले टेलिफोन सम्वाद गर्दा उहाँको भनाई अनुसार पार्टी सभापति शेरबहादुर देउवासँग भेटेर मुस्लिम नेताहरूले मन्त्रिमण्डल लगायत विभिन्न स्थानमा मुस्लिम समुदायको सहभागिताको माग गरेका हुन् ।

जवाफमा सभापति देउवाले कांग्रेस अन्य पार्टी भन्दा समावेशिताको पक्षमा अगाडि रहेको बताएका छन् । वर्तमान समसामयिकक राजनीतिकका साथै समावेशिताका बारेमा कुराकानी गरिएको बताए ।

उनले भने सभापति शेरबहादुर देउवाज्यूले मुस्लिम समुदायका नेताहरुको मागलाई सम्बोधन गर्ने आश्वासन दिनु भएको छ ।

मुस्लिम नेताहरुले राज्यका हरेक निकायमा मुस्लिम समुदायको सहभागिताका लागि विशेष पहल गरिदिन सभापति देउवासँग आग्रह समेत गरेको डा. अन्सारीले बताए ।

त्यसैगरी काँग्रेस निकटका मुस्लिम समुदायका नेताहरूले परराष्ट्रमन्त्री समेत रहेकी काँग्रेस नेतृ डा. आरजु राणालाई पनि भेटघाट गरि मुस्लिम समुदायबाट सरकार र राज्यका विभित्र निकायमा मुस्लिम समुदायबाट सहभागी गराउन मन्त्री राणालाई ध्यानाकर्षण गराएका छन् ।

जवाफमा परराष्ट्रमन्त्री राणाले पार्टीको केन्द्रीय कमिटी बैठकमा मुस्लिम समुदायको माग र मुद्दा उठाउने आश्वासन दिएका छन् ।

Related Posts