अजितकुमार झा
इनरुवा १३ भदौ,। सुनसरी कोशी गाँउपालिकाका शिक्षा शाखा प्रमुख बेदराज अधिकारीले संघीय सरकारले पालिकातर्फ परिक्षा सञ्चालनका लागि आएको बजेटमा रजाई गरेको रहस्य सार्वजनीक भएको छ ।
शिक्षा शाखाका प्रमुख अधिकारीले कोशी गाउँपालिकामा कार्यरत शिक्षक मोहन यादवको अध्यक्षतामा २०७८ सालमा परिक्षा व्यवस्थापन समिति गठन गरेर ६ लाख ५४ हजार रुपैयाँ हिनामिना गरेको रहस्य सार्वजनीक भएको हो ।
शिक्षा शाखाका प्रमुख अधिकारी, परिक्षा व्यवस्थापन समितिका अध्यक्ष मोहन यादव र सचिब जयप्रकाश यादवको मिलोमतोमा कोशी गाउँपालिकाबाट निकासा भएको ६ लाख ५४ हजार रुपैया हिनामिना गरेको बैंकको भौचरबाट प्रष्ट भएको छ ।
कोशी गाउँपालिकामा परिक्षा व्यवस्थापन गर्नका लागि आएको बजेट मध्यै कक्षा ८ को परिक्षा व्यवस्थापनका लागि ६ लाख ५४ हजार रुपैयाँ कोशी ६ मा रहेको राष्ट्रिय मा।बि श्रीपुरजब्दीको खातामा पठाएको र राष्ट्रिय मा।बी श्रीपुरजब्दीको खाताबाट विद्यालयका प्रधानाध्यापक जयप्रकाश यादवले कोशी गाउँपालिकाको शिक्षा शाखा अधिकृत बेदराज अधिकारीको नाममा मेगा बैंक नेपालबाट कक्षा ८ को परिक्षा सु-परिवेक्षण गराई कपी परिक्षण गरेवापतको रकम पठाएको भौचरमा उल्लेख गरेको छ ।
शिक्षा शाखाका प्रमुख अधिकारीले कक्षा ८ को परिक्षा व्यवस्थापनका लागि आएको बजेटबाट परिक्षा सञ्चालन, केन्द्राध्यक्षको भत्ता, निरीक्षकको भत्ता, कपी परिक्षण गर्ने शिक्षकको भत्ता, मार्कलेजर तयार गर्ने कार्यमा खर्च गर्नुपर्ने हुन्छ ।
तर त्यो रकम सम्बन्धीत शिर्षकमा खर्च नगरि कुनै काम नगरी एकलौटी निजि खातामा रकम लगेर हिनामिना गरेको राष्ट्रिय मा।बी। श्रीपुरजब्दीका विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष धर्मेन्द्र मेहताले जानकारी दिनुभयो ।
परिक्षा व्यवस्थापनका लागि आएको ६ लाख ५४ हजार बजेटबाट शिक्षा शाखाका बेदराज अधिकारीले २ लाख ४० हजार, परिक्षा व्यवस्थापन समितिका अध्यक्ष मोहन यादवले १ लाख, सचिब जयप्रकाश यादवले १ लाख, कोशी गाउँपालिकाका लेखा प्रमुख सुरप्रसाद दङगालले १ लाख, वेदराज अधिकारी ५० हजार रुपैयाँ भागवण्डा गरेको एक प्रधानाध्यपकले नाम उल्लेख नगर्ने सर्तमा बताउनुभयो ।
विद्यार्थीको भाग्य र भविश्य निर्धाण गर्ने परिक्षाका लागि आएको बजेटमा कोशी शिक्षा शाखाका प्रमुख अधिकारीले सम्बन्धीत शिर्षकमा खर्च नगरि हिनामिना गरेको प्रधानाध्यापक जयप्रकाश यादवले शिक्षा शाखाका अधिकृत बेदराजको नाममा बैंकबाट पठाएको रकमबाट प्रष्ट भएको छ ।
यसै बिषयमा बुझनका लागि कोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर दाहाललाई सम्पर्क गर्दा उहाँले आफू सरुवा भएर आएको ३ महिना मात्र भएकाले यस बिषयमा आफूलाई जानकारी नभएको बताउनुभयो ।
यस बिषयमा सम्बन्धीत व्यक्तिबाटै जानकारी लिनका लागि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दाहालले आग्रह गर्नुभयो । अरोप लगेका भनिएका कोशीका शिक्षा शाखाका प्रमुख बेदराज अधिकारीलाई ९८४२२२८३८३ नम्वरमा पटक(पटक सम्पर्क गर्न खोज्दा उहाँले फोन उठाउनु भएन् ।
Discussion about this post