सप्तकोशीमा खसेको बसमा सबार सबैको उद्यार

अजित झा
इनरुवा,१० असोज। सप्तकोशी र सुनसरीको बीचमा पर्ने कोशी व्यारेजको ३४–३६ नम्वर ढोकाको बीचमा सप्तकोशी नदीमा बस खसेको छ ।
बिराटनगरबाट गाईघाट जादै गरेको को १ ख ४६०१ नम्वर बस कोसी ब्यारेज स्थित सप्तकोसी नदीमा खसेको सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।
बसमा सबार सबै जनाको सकुशल उद्धार भएको उहाँले जानकारी दिनुभयो । केही घाईते भएकालाई थप उपचारका लागि अस्पताल पठाइएको उहाँले बताउनुभयो । यस बिषयमा थप बिवरण अउन बाँकी रहेको छ ।

Related Posts