सुनसरी,। सुनसरीको इटहरी खनार सड्क खण्डको शान्ति चौकमा भएको बस दुर्घटनामा एक जना युवतीको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय १३ वर्षीया सजना यादव रहेकी छन् । उनी इटहरीस्थित जनता माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छिन् ।
विद्यालयबाट साइकलमा घर आउँदै गर्दा उनलाई बसले ठक्कर दिएको हो । ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको हो।
काकडभिट्टाबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४५७४ नम्बरको नागरिक यातायात बसले ठक्कर दिँदा साइकलमा सवार उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिएर भाग्न खोजेको बसलाई स्थानीयले खनार चौकमा नियन्त्रण लिएर आगजनी गरेका छन् । सोही क्रममा भिड नियन्त्रण गर्ने खोज्दा एक जना प्रहरी समेत घाइते भएका छन् ।
अपरान्ह करिब ४ वजेर ३० मिनटमा भएको सो घटना पछि खनार चौकको अवस्था तनावग्रस्त बनेको छ । बस चालक इलाका प्रहरी इटहरीको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।