इनरुवा,। सुनसरीको भण्टाबारीबाट मानव बेचबिखन ओसारपसारको आरोपमा एक युवक पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ पर्नेमा सप्तरीको कन्चनरुप नगरपालिका वडा नं-१२ का २६ वर्षीया सनोज सदा रहेका हो ।
इलाका प्रहरी कार्यालय भण्टाबारीबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका वडा नं-८ भान्टाबारीमा चेकजाँच गर्ने क्रममा एक जना पुरुषसहित चार जना बालिकाहरू पैदल नेपालबाट भारततर्फ गइरहेको अवस्थामा फेला पारिएको थियो ।
प्रहरीले शङ्का लागेर सोधपुछ गर्दा ललाईफकाई प्रलोभनमा पारेर चार जना बालिकाहरू भारततर्फ लैजाँदै गर्दा सदालाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीकाअनुसार बालिकाहरूको उद्धार गरी आफन्तको जिम्मा लगाइएको छ ।
पक्राउ परेका सदालाई जिल्ला अदालत सुनसरीबाट १० दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।