कांग्रेस सभापति देउवालाई प्रश्न-तपाईंको उत्तराधिकारी गगन थापा हो ?

सुनसरी,। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले उत्तराधिकारी घोषणा गरेर नहुने बताएका छन् । शुक्रबार विराटनगर पुगेका देउवाले सबै कुरा विधि र प्रक्रियाअनुरूप अगाडि बढ्ने उल्लेख गर्दै आफूले उत्तराधिकारी घोषणा गरेर नहुने बताएका हुन् ।

देउवालाई पत्रकारहरूले तपाईंको उत्तराधिकारी गगन थापा हुन् भनेर प्रश्न गरेका थिए । जवाफमा देउवाले भने, मैले उत्तराधिकारी घोषणा गरेर कहाँ हुन्छ रु प्रक्रियाअनुसार अगाडि बढ्छ सबै कुरा ।

उनले संविधान संशोधनमार्फत उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउन सकिने बताए । उपराष्ट्रपतिको भूमिका छैन । संविधान संशोधनमार्फत उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउन मिल्छ, उनले भने ।

Related Posts