नेपाल मुस्लिम संघ कोशीको सभापतिमा पुनः डा. मंसुरी सर्वसहमत निर्वाचित

नसीम अन्सारी
सुनसरी,। नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल मुस्लिम संघ कोशी प्रदेशको सभापतिमा पुनः डा. इस्राइल मंसुरी सर्वसहमत निर्वाचित भएका छन् ।

नेपाल मुस्लिम संघ कोशी प्रदेशको दोस्रो अधिवेशनले सुनसरी क्षेत्र नम्बर ४ प्रदेश ख बाट निर्वाचीत कोशी प्रदेश सभा सदस्य डाक्टर इस्राइल मंसुरीको नेतृत्वमा कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

आज नेपाली काँग्रेस सुनसरीको पार्टी कार्यालय इनरुवामा भएको दोस्रो महाधिवेशनबाट राति मंसुरीको नेतृत्वमा २४ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । कूल ३५ कार्यसमिति रहने मुस्लिम संघमा बाँकी ११ जना मनोनीत गरिनेछ ।

मुस्लिम संघकोशी प्रदेशको उपसभापतिमा मो. महताब आलम, मो. बसिर मियाँ सचिवमा नईम अन्सारी, हारुन रसिद सहसचिवमा सलामुद्दीन अन्सारी कोषाध्यक्षमा आविद अलि अन्सारी निर्वाचित भएका छन्।

यस्तै सदस्यहरुमा जावेद इकबाल, इस्राफिल शैख, अब्दुल मोजिब, मुबारक मियाँ, मो. हुसेन, सजान मियाँ, गुलजार आलम, जोहरा खातुन, मो. इलियास, एजाज अहमद अन्सारी, गुफरान अलि, जिन्नत अलि मो. अख्तर रेजा, अब्दुल खान, मो. मोफिद बैग, तौेबाब अन्सारी निर्वाचित भएका छन् ।

कोशी प्रदेशको १४ जिल्ला मध्ये ८ जिल्लामा संगठन रहेको मुस्लिम संघमा ८ जिल्लाका झण्डै ३०० प्रतिनिधिको सहभागिता थियो ।

नवनिर्वाचित सभापति मंसुरीले राजनीतिक तहमा मुस्लिमको प्रतिनिधित्व गराउन आफ्नो कार्यकालले पहल गर्ने बताए । उनले आफ्नो कार्यकालमा मुस्लिम संघलाई ८ वटै जिल्लामा विस्तार गरेर पार्टीलाई विजय गराउन महत्वपूर्ण भूमिका खेल्ने बताए।

Related Posts