कोशी प्रदेश सरकारकै लगानीमा सम्मेलन हुने

विराटनगर,। कोशी प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनबारे सरकारले स्पष्ट पारेको छ। प्रदेश सभाको सुशासन तथा योजना समितिको बुधबारको बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्मेलन कुनै संस्थाको ब्यानरमा नभई सरकार आफैंले आयोजना गर्ने बताएका हुन्।

कुनै एक निजी संस्थालाई मात्र सम्मेलनको जिम्मेवारी दिन लागिएको भन्ने विषयमा सतहमा आएपछि सत्तापक्ष र प्रतिपक्ष दुवैले प्रश्न उठाएका थिए। माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारी कार्यक्रम सरकारकै रूपमा हुनुपर्ने बताए। ुकुनै टेन्टमुनि कार्यक्रम गर्नु हुन्न। सरकारले खुलेर खर्च गरेर लगानी सम्मेलन गर्नुपर्छ,ु उनले भने।

प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा। सरोज कोइरालाका अनुसार सम्मेलनमा ३७ वटा योजना प्रस्तुत गरिनेछ। दश करोड रुपैयाँभन्दा माथिका योजनाहरू मात्र समावेश गरिने उनले जानकारी दिए। हालसम्म एक खर्ब पाँच अर्ब ८५ करोड रुपैयाँको प्रारम्भिक प्रस्ताव तयार भएको र थप परियोजनाहरूका लागि अवसर खुला रहेको उनले बताए।

कांग्रेस उपनेता हिमाल कार्कीले बढी सहभागिता र लगानी भित्र्याउने वातावरण बनाउन सरकारलाई आग्रह गरे। राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले भने सम्मेलनबारे गलत प्रचार नगर्न आग्रह गरेका छन्।

Related Posts