विराटनगरको शान्ति चोकमा निर्माण सामाग्री बोकेको गाडीमा आगलागी, ५० लाख बढीको क्षति

विराटनगर,। विराटनगर-५ शान्ति चोकमा निमार्ण सामाग्री बोकेको गाडीमा आगलागी भएको छ । एसुती निमार्ण सेवाको अलकत्र बोकेको गाडीमा शनिवार साढे ४ बजे एक्कासि आगलागी भएको निमार्ण कम्पनीले जनाएको छ ।

विराटनगरको एभरेस्ट कलेजदेखि केसेलिया रोडसम्मको ठेक्का एसुती निमार्ण सेवाले लिएको छ । करिब तीन किलोमिटर सडक कालोपत्रे गर्ने तयारी उक्त कम्पनीले गरेको थियो ।

अलकत्र लगाउनु अगाडी सडकमा प्राइम लगाउने काम भइरहेको थियो । त्यसको लागि अलकत्र बोक्ने डिस्टीबेटर गाडीबाट अनलोड गर्ने तयारी भइरहेको थियो ।

त्यही क्रममा एक्कासि आगजनी भयो,’ निमार्ण कम्पनीको निर्देशक किशोर भट्टराईले भने, ‘हिट नगरी अलकत्र झर्दैन । आगो लगाएर हिट गर्ने क्रममा आगलागी भएको हो ।’

गाडीसँगै एउटा सुपर स्पेलेन्डर मोटरसाइकल पनि आगजनी भएको प्रहरीले जनाएको छ । सो मोटरसाइकल निमार्ण कम्पनीकै रहेको छ । आगजनीबाट करिब ५० लाख बढीको क्षति भएको निमार्ण कम्पनीले बताएको छ ।

Related Posts