सुनसरीका तीन स्थानमा संकास्पद बस्तु फेला

इटहरी,। सुनसरीको विभिन्न तीन स्थानमा आज बिहान संकास्पद बस्तु फेला परेको छ । उक्त संकास्पद बस्तु विस्फोटक पदार्थ अथवा बम हुन सक्ने प्रहरीको अनुमान छ ।

इटहरी उपमहानगरपालिका कार्यालयको प्रवेशद्वार नजिकै, सुनसरी र मोरङको सिमनामा पर्ने बुढी खोलाको पुलमुनि र धरानको भोटे पुल नजिकै संकास्पद बस्तु फेला परेको प्रहरीले जनाएको छ ।

ती ठाउँमा कालो झोलामा राखिएको उक्त संकास्पद बस्तुलाई पुष्टि र निष्क्रिय बनाउन नेपाली सेनाको बम डिस्पोजल टोली अहिले घटना स्थलमा पुगेको छ । ठुलो आकारमा देखिएको बस्तु विस्फोटक पदार्थ हुन सक्ने प्रहरीले अनुमान लगाउँदै बस्तुको नजिक कसैलाई पनि जान दिएको छैन ।

सेनाको टोलीले पहिला उपमहानगरपालिकाको गेट अगाडीको उक्त संकास्पद बस्तुलाई निष्क्रिय बनाएपछि अरू स्थानमा राखिएको संकास्पद बस्तुको पहिचान एवं म निष्क्रिय बनाउन जाने जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिनुभयो ।

Related Posts