नसीम अन्सारी
भुटाहा,। हरिनगरमा १५औं राष्ट्रपति रनिङ शिल्ड तथा विद्यालय स्तरीय अध्यक्ष कप प्रतियोगिता शुरु भएको छ।
आजबाट शुरुआत भएको १५औं राष्ट्रपति रनिङ शिल्ड तथा विद्यालय स्तरीय अध्यक्ष कप अन्तरगत पहिलो खेलकुद ३ हजार मिटर दौड प्रतियोगितामा छात्रतर्फ श्री मावि वसन्तपुरका विद्यार्थी साविर अन्सारी प्रथम भएको छ भन्ने छात्रातर्फ श्री हरिनगरा माविका विद्यार्थी बिपना कुमारी यादव पहिलो भएको हो।
यसैगरी ३ हजार मिटर दौडमा छात्रतर्फ श्री बाल कृष्ण मावि भुटाहाका विद्यार्थी विवेक कुमार मोची दोस्रो भएको छ भन्ने इस्लामी पब्लिक मावि वसन्तपुरका विद्यार्थी मसुद आलम तेस्रो भएको छ।
त्यसैगरी छात्रातर्फ श्री मावि वसन्तपुरका विद्यार्थी रुबी कुमारी मेहता दोस्रो भएको छ भन्ने उक्त विद्यालयका विद्यार्थी अंजली मलाह तेस्रो भएका हुन् ।
प्रतियोगितामा दौड, रिले दौड, लङ्ग जम्प, शर्टपुट, ज्यावलिन थ्रो, हाई जम्प, ट्रिप्पल जम्प, लगायतका खेल हुनेछ भने प्रतियोगिता आजबाट ५ दिनसम्म हुने शिक्षा, युवा तथा खेलकुद शाखा हरिनगरले जनाएको छ ।