इनरुवा,। सुनसरीको इनरुवामा माघ ३ गतेबाट कोशी प्रदेश स्तरीय टी ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । कोशी प्रदेशका ६ टिमको सहभागिता रहने टी ट्वान्टी क्रिकेट प्रतियोगिता सुनसरी बहुमुखी क्याम्पस इनरुवाको खेल मैदानमा खेलाइने छ ।
इनरुवामा पत्रकार सम्मेलनको आयोजना गरी दिइएको जानकारी अनुसार प्रतियोगितामा सुनसरी,मोरङ, झापा,उदयपुर, इलाम र आयोजक नेकोस इनरुवा भिड्ने छन ।
नेपाल खेलकुद महासंघ इनरुवा नगर कमिटीले आयोजना गर्न लागेको प्रतियोगिताको नाम भने स्वं। शान्ति गुरुङ (भण्डारी) स्मृति कप २०८१ राखिएको छ ।
आयोजक कमिटीका अध्यक्ष सरोज बस्नेतका अनुसार खेलको बिजेता टिमले ५० हजार नगद सहित ट्रफी र उपबिजेताले २५ हजार पुरस्कार प्राप्त गर्ने छ ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार कोशी प्रदेश स्तरीय टी २० क्रिकेट प्रतियोगितामा एनपीएल खेलेका खेलाडी समेतको सहभागिता रहने छ ।
एनपीएलले नेपालमा जगाएको क्रिकेट प्रतिको मोहले पछिल्ला दिन हरेकजसो स्थानमा विभिन्न फर्मेटका प्रतियोगिताहरु संचालन हुन थालेका छन ।
इनरुवामा हुन लागेको प्रतियोगितालाई जिल्ला र प्रदेश स्तरीय खेलाडीको क्षमता प्रर्दशन गर्रे अवसरका रुपमा लिइएको आयोजक कमिटी इन्चार्ज चेतनाथ पौडेल (सि.पी.)ले जनाएका छन । प्रतियोगिताको अनुमानित कुल लागत २० लाख रहने आयोजकले जनाएको छ ।