काठमाडौं,। बेलायतका राजकुमार एडवार्ड नेपाल भ्रमणमा आउने भएका छन्। आगामी ४ फेब्रुअरीमा श्रीमती सोफियासहित निजी भ्रमणमा नेपाल आउन लागेका हुन्।
गृह मन्त्रालय स्रोतका अनुसार ४ फेब्रुअरीमा आएर उनीहरू ८ फेब्रुअरीमा फर्कने कार्यक्रम छ। गृह मन्त्रालयले उनीहरूको भ्रमणको सुरक्षा व्यवस्थाका लागि प्रहरीलाई पत्राचार गरिसकेको छ।
राजकुमार र राजकुमारी कहाँ–कहाँ घुम्ने भन्ने विषयमा जानकारी गराइएको छैन। साथै, नेपालमा उनीहरूको भेटघाटसमेत तय भइसकेको छैन।
बेलायती राजपरिवारको वेबसाइडमा उनीहरूले सन् २०१५ को पहिलो विदेश भ्रमण नेपालबाट गर्न लागेको जानकारी गत १४ जनवरीमा दिइएको थियो।