नसीम अन्सारी
भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिका वडा नं-४ स्थित हरिनगरा माविको नवनिर्मित भवन उद्घाटन तथा ७२औँ वार्षिकोत्सव सम्पन्न भएको छ।
हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् हरिनगर-४ का वडा अध्यक्ष देवनारायण मेहताले संयुक्त रुपमा नवनिर्मित भवनको रिवन काटेर उद्घाटन गरिएको हो।
कार्यक्रममा बोल्दै हरिनगर गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अथिति हाजी गफार अन्सारीले अब विद्यालयको शिक्षाले लक्ष्य हाँसिल गर्ने बताए। उनले अब स्थानिय तहबाटै शिक्षक पदपुर्ति गर्न सकिने शिक्षा निर्देशिका पारित भएकाले शैक्षिक उपलब्धी हाँसिल गर्न शिक्षक अभावका कारण हुने प्रभाव हटेर जाने बताएका हुन् ।
अध्यक्ष अन्सारीले सीप युक्त शिक्षित जनशक्तिको अभाव रहेको उल्लेख गर्दै सीप युक्त शिक्षित जनशक्ति उत्पादन गरी शिक्षित हरिनगर अनुशासनमा विद्यार्थीको अभियान पुरा गर्ने जिम्मेवारी सम्पूर्ण विद्यालयका शिक्षक तथा शिक्षिकाहरुको हो।
हरिनगरा माध्यमिक विद्यालयको प्रगतिप्रति सन्तोष व्यक्त गर्दै उनले विद्यालयको विकासका लागि पालिकाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । उनले भने शिक्षा असल भए मात्र समाज असल मार्गमा जाने बताउँदै हरिनगरमा यो नमुना विद्यालयका रूपमा रहेकोले अझै विकास भएको हेर्न चाहेको धारणा राखेका थिए ।
कार्यक्रममा शिक्षा शाखाका सदस्य अजित कुमार मल्लिकले विद्यालयको विकासका लागि शैक्षिक र व्यवस्थापकीय नेतृत्वको समर्पणभाव हुनुपर्ने उदाहरण हरिनगरा माविले प्रस्तुत गरेको बताए । उनले विद्यालयको प्रगति यही गतिमा हुँदै गएमा हरिनगरा माविले आफूलाई छिटै अभिभावक र विद्यार्थीहरु माझ लोकप्रिय हुँदै शिक्षा क्षेत्रमा चर्चामा आउने आँकलन गरेको छ ।
विद्यालयका प्रधानाध्यापक बलराम मण्डलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयमा नियमित पठनपाठनलाई प्रविधियुक्त बनाउँदै विद्यार्थीका प्रतिभा उजागर गर्ने खालका गतिविधिमा जोड दिइएको जानकारी दिए । उनले विद्यालयले विभिन्न असल अभ्यास गर्दै आएको विवरणसमेत प्रस्तुत गरे । वि. सं. २००९ सालमा स्थापित विद्यालयमा हाल कक्षा १० सम्म विद्यार्थीहरुले अध्ययनरत रहेको प्रधानाध्यापक मण्डलले जानकारी दिए ।
हरिनगर-४ का पुर्व वडा सदस्य तथा विद्यालय व्यवस्थापन समितिका सदस्य राजेश पालले स्वागत मन्तव्य व्यक्त गर्दै हरिनगरा माध्यमिक विद्यालय हरिनगर-४ वडाको गौरव भएको बताए । उनले विद्यालयको विकासका लागि आफू पहल गर्न तयार रहेको बताएका थिए ।
कार्यक्रममा हरिनगरा मावि वर्ष सम्मान २०८१ बाट शिक्षक र शिक्षिकाहरूलाई सम्मान गरिएको थियो । त्यसै गरी विद्यालयलाई सहयोग गर्न विभिन्न व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा विभिन्न राजनीति दलका प्रतिनिधि, विद्यालयका प्रअ र शिक्षकहरु लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थियो। साथै कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति राखेका थिए ।
कार्यक्रमको सञ्चालन हरिनगरा माविका शिक्षक सत्यनारायण मेहताले गरेके थियो । हरिनगरा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् हरिनगर गाउँपालिका-४ का वडा अध्यक्ष देवनारायण मेहताको अध्यक्षतामा ७२औँ वार्षिकोत्सव कार्यक्रममा आफ्नो मन्तव्य राख्दै सम्पन्न गरेको थियोे ।