हरिनगरका अध्यक्ष अन्सारीले दिए प्रजातन्त्र दिवसको शुभकामना

भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अंसारीले ‘राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

अध्यक्ष अन्सारीले गौरवपूर्ण एवं ऐतिहासिक यस दिनमा सम्पूर्ण लोकतन्त्रप्रेमी नेपालीहरूमा दिवसको शुभकामना व्यक्त गरेका हुन् ।

फागुन ७ गते आजको दिन हामी नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन हो, बलिदानपूर्ण सङ्घर्षद्वारा आफूलाई रैतीबाट जनताको दर्जामा पुर्याएको दिन हो’।

अध्यक्ष अंसारीले नेपालको जहानियाँ शासनविरुद्ध जीवन उत्सर्ग गर्नुभएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण गायत अगायत अमर सहिदहरूमा भावपूर्ण श्रद्धाञ्जली र सम्मान व्यक्त गरेका छन् ।

 

Related Posts