इनरुवा,। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा ७५औं प्रजातन्त्र दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी भोक्राहा नरसिंह उपशाखाले वृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । भोक्राहा नरसिंह वडा नम्बर-२ का कार्यालय र रेडक्रस भवनको प्राङ्गणमा बुधबार रक्तदान कार्यक्रम गरेको हो ।
भोक्राहा नरसिंह गाउँपालिकामा रहेका नेपाल रेडक्रस सोसाइटी उपशाखाले आयोजना गरेको वृहत् रक्तदान कार्यक्रममा १ एक २५ जना भन्दाबढी आजीवन सदस्यहरुलाई प्रमाण-पत्र वितरण गरेका भोक्राहा नरसिंह नेपाल रेडक्रसका सभापति युवराज दाहालले जानकारी दिएको छ ।
उक्त रक्तदान कार्यक्रममा रक्तदान गर्न व्याक्तिहरुलाई भोक्राहा नरसिंह नेपाल रेडक्रस सोसाइटी उपशाखाले सम्मान-पत्र दिएर सबैलाई सम्मानित गरेका छन् । त्यसैगरी रक्तदान कार्यक्रममा ३४ जनाले रक्तदान गरेको धरान रेडक्रस सोसाइटीका प्रविधिक विकास खडकाले जानकारी दिनुभयो ।
कार्यक्रमा कोशी प्रदेश सभा सदस्य डा. इस्राइल मंसुरि, भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर अजाद, उपाध्यक्ष सुनिता उराँव, भोक्राहा नरसिंह गाउँपालिका-१ का वडाअध्यक्ष लक्ष्म मेहता, वडा नम्बर-२ का वडाअध्यक्ष आलम अन्सारी, वडा नम्बर-३ का वडाअध्यक्ष धिरेन्द्र यादव, वडा नम्बर-४ का वडाअध्यक्ष हारुण अन्सारी, वडा नम्बर-६ का वडाअध्यक्ष सेराजुदिन मन्सुरी, भोक्राहा नरसिंहका बीमा प्रमुख असफाक अन्सारी, समाजसेवी राम कुमार मेहता , पवन कुमार मेहता, सुनिल साह लगायत स्थानीयवासीहरुको सहभागीमा रक्तदान कार्यक्रम सम्पन्न भएका छन् ।