संसद् बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरूलाई एमालेको निर्देशन

काठमाडौं,। सत्तारुढ दल नेकपा एमालेले भोलि बस्ने संसद् बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन जारी गरेको छ । बुधबार दिउँसो १ बजे बस्ने संसद् बैठकमा जारी भएका अध्यादेश पारित गर्नका लागि प्रस्तुत गरिँदैछन् ।

अध्यादेशहरू पारित गर्नका लागि अनिवार्य संसद् बैठकमा उपस्थित हुन सांसदहरूलाई ह्विप जारी गरिएको हो । त्यस्तै, नेपाली कांग्रेसले पनि आफ्ना सांसदहरूलाई भोलिको बैठकमा अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको छ ।

सरकारले भूमि अध्यादेशबाहेकका ५ अध्यादेश भोलि संसद्‍मा पेस गर्दैछ । जसपा नेपाल र लोसपाले भूमि अध्यादेशको विपक्षमा देखिएपछि सरकारले त्यसलाई रोकेर अन्यलाई पारित गर्न प्रक्रियामा लैजाने भएको छ ।

Related Posts