नसीम राज अं इनरुवा,। नेपाल विद्यार्थी संघद्वारा सुनसरी बहुमुखी क्याम्पस इनरुवामा म्युजिकल चेयर प्रतियोगिता सम्पन्न भएको छ।
नेपाल विद्यार्थी संघ सुनसरी बहुमुखी क्याम्पस इकाई कार्यसमितिले आयोजना गरिएको उक्त प्रतियोगितामा शिक्षा र व्यवस्थापन संकायका प्रविणता तहदेखि स्नातकोत्तर तहसम्मका छात्रछात्राहरुको सहभागिता रहेको थियो।
प्रतियोगितामा छात्रातर्फ प्रथम मन्दिरा कुमारी चौधरि, द्वितीय लक्ष्मी दास र तृतीय पुजा कर्ण भएकी छ भन्ने छात्रतर्फ प्रथम खालिद सैफुल्लाह, द्वितीय उमेश यादव र तृतीय मुर्तुज आलम भएका छन् ।
विजेताहरूलाई डायरी, पेन र प्रमाण-पत्रसहित सम्मानित गरिएको नेपाल विद्यार्थी संघ सुनसरीका उपसभापति सेराज हुसेनले जानकारी दिएको हो।
उक्त प्रतियोगिता कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य माननीय इस्राइल मन्सुरी, विशिष्ट अतिथि जिल्ला समन्वय समित सुनसरीका प्रमुख राजन मेहता, अतिथिहरु नेपाल तरुण दल केन्द्रिय सदस्य सुनिल कुमार साह, नेपाल विद्यार्थी संघ सुनसरीका उपसभापति सेराज हुसेन, नेपाल विद्यार्थी संघ सुनसरी बहुमुखी क्याम्पसका पुर्व सभापति सन्तोष शर्मा, जिल्ला सहसचिव नन्दन गुप्ता, सदस्य विशाल ठाकुर र सन्तोष साह लगायतको सहभागीता रहेको थियो ।
नेपाल विद्यार्थी संघ सुनसरी बहुमुखी क्याम्पस इनरुवाका का.वा. सभापति सुनिल कुमार मण्डलको नेतृत्वमा सम्पन्न गरिएको थियो।