२५ करोडसहित समातिएका लामा, सुन तस्करीमा पाँच वर्ष जेल बसेर छुटेका थिए

फल्स बटम बनाएर रकम लुकाइएको ट्रकसहित प्रहरीले सिन्धुपाल्चोकका कुसान लामालाई पक्राउ गरेको छ ।

काठमाडौं,। आज बिहान २५ करोड रुपैयाँसहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोकका ३९ वर्षीय कुसान लामा रहेको खुलेको छ।उनलाई आज बिहान प्रहरीले काठमाडौंको झोर क्षेत्रबाट पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार उनी यसअघि सुन तस्करी प्रकरणमा समेत समातिएका थिए । उनी ७ किलो सुन सहित कलंकीबाट समातिएर २०७८ मा छुटेका थिए ।

आज बिहान ट्रकमा फल्स बटम बनाएर रकम राखेर केरुङतर्फ जाने क्रममा प्रहरीले पक्राउ गरेको थियो । उनीमाथि थप अनुसन्धान जारी छ । प्रहरीले यसबारे आजै पत्रकार सम्मेलन गरेर विस्तृत विवरण सार्वजनिक गर्दैछ ।

याे पनि:- काठमाडौंबाट २५ करोड नगदसहित एक जना पक्राउ

Related Posts