सुनसरी बहुमुखी क्याम्पसमा मतदान सकियो,२६७ मत खसियो केही समयपछि मतगणना हुने

इनरुवा,। सुनसरी बहुमुखी क्याम्पस इनरुवामा स्वतन्त्र विद्यार्थी युनिनय (स्ववियु) चुनावको मतदान सकिएको छ । नेविसंघ सुनसरीका उपसभापति सेराज हुसेनका अनुसार मतदान शान्तिपूर्ण वातवरणमा सम्पन्न भएको हो।

कुल विद्यार्थ मतदाता संख्या ३ सय ३० रहेको थियो जसमध्ये २ सय ६७ मत मात्रै खसेको छ। २ सय ६७ मध्ये १ सय छात्रले मतदान गरेको छ भन्ने १ सय ६७ छात्राले मतदान गरेका छन् ।

मतदान सम्पन्न भएपछि अहिले सर्वदलिय बैठक बसिरहेका छन् । बैठक सकेपछि मतगणना सुरु हुने हुनेले जानकारी दिएको छ।

Related Posts