सुनसरीको भन्टाबारीमा बेवारिसे शव फेला

इनरुवा,। सुनसरीको कोशी गाउँपालिका-८ स्थित भन्टाबारी बजार नजिकै बेवारिसे शव फेला परेको छ ।

भन्टाबारी बजारमा रहेको सशस्त्र प्रहरी पोष्ट देखी ५० मिटरको दुरीमा शनिबार बेवारिसे शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार अन्दाजी ४०/४५ वर्षको पुरुषको शव फेला परेको जानकारी दिनुभयो ।

प्रहरीका अनुसार हालसम्म उक्त शवको पहिचान हुनसकेको छैन । हाल उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी निरीक्षक सबीना लिम्बुको कमान्डमा टोली खटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले बताउनुभयो ।

बेवारिसे शव सम्बन्धि थप अनुसंधान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

Related Posts