हरिनगर गाउँपालिकाको १९औं गाउँ सभाको उद्घाटन गर्दै ५८ करोड भन्दा बढीको बजेट सार्वजनिक

नसीम अन्सारी
भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिकाले १९ औं गाउँ सभाको उद्घाटन गर्दै ५८ करोड भन्दा बढीको बजेट सार्वजनिक गरेको छ ।

हरिनगर गाउँपालिकाले मंगलबार पालिकाको नयाँ भवनका सभा हलमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि गाउँपालिकाले ५८ करोड ५४ लाख २ हजार रुपैयाँको बजेट ल्याएको हो ।

हरिनगर गाउँपालिकाका उपाध्यक्ष रिमझिम कुमारी भगतले गाउँ सभामा पेश गरेको अनुमानित बजेटमा ४१ करोड ११ लाख रुपैयाँ चालु खर्चका लागि र १७ करोड ४३ लाख २ हजार रुपैयाँ पूँजीगत खर्चमा विनियोजन गरिएकी छन् ।

गाउँपालिकाले यस नयाँ आर्थिक वर्षमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएको बजेटमा ५ करोड रुपैयाँ विनियोजन गरिएको छ । कृषि तथा पशु सेवा, सहकारी सेवा, गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम, रोजगार सेवा केन्द्रका लागि १ करोड ६ लाख १० हजार, पुर्वाधार विकास तर्फ ९ करोड ९२ लाख ६५ हजार, वन वातावरण तथा विपद व्यवस्थापन क्षेत्र तर्फ ४१ लाख, सुशासन तथा संस्थागत विकास तर्फ ९१ लाख ९० हजार रुपैयाँ विनियोजन गरिएको हो ।

संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँड, सशर्त तथा समपुरक अनुदान ४२ करोड रुपैयाँ प्राप्त हुने अनुमान छ । कोशी प्रदेश सरकारको समानीकरण, समपुरक र विशेष अनुदान लगायत २ करोड रुपैयाँ पाउने अनुमान छ ।

हरिनगर गाउँपालिकाले चालु आर्थिक वर्षमा ५४ करोड २० लाख ७० हजार ८ सय ९७ रुपैयाँको बजेट ल्याएको थियो ।

 

Related Posts