हरिनगरको घुस्कीमा भिनाजुले गोली हानी गरे सालीको हत्या

नसीम अन्सारी
हरिनगर,। सुनसरीको हरिनगर गाउँपालिका-६ स्थित घुस्कीमा भिनाजुले गोली हानी सालीको हत्या गरेको छ। गएराती २:३० बजेको समयमा हरिनगर-६ का १८ वर्षकी अरसी खातुनको टाउकोमा गोली हानी हत्या गरेको हो।

घरमा मृतक खातुन र उनीकी बहिनी मात्रै बस्दै आएका थिए । राती २ बजे भिनाजु मियाँले साली खातुनको टाउकोमा गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

गोली लागेपछि खातुनको घटनास्थलमै मृत्यु भएको छ भन्ने घटनास्थलबाट एउटा गोली समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी योगराज खतिवडाले बताए ।

डिएसपी खतिवडा नेतृत्वको टोली घटनास्थल पुगेर कानुनी प्रक्रिया पुरा गरि शव पोष्टमार्टमको लागि वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको डिएसपी खतिवडाले बताए ।

हत्या गरि फरार रहेको अजाद मियाँ जटको खोजीमा डिएसपी खतिवडाको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएका छन् । प्रहरीका अनुसार हत्यामा संलग्न अजाद आपराधिक पृष्ठभूमिको देखिएको छ भने अघि उनी चोरी कार्यमा संलग्न रहेको थियो ।

गोली प्रहार गरेलगत्तै आरोपी मियाँ जट फरार भएको र खोजी भइरहेको प्रहरीले जनाएको छ । भारतको सुपौल र सुनसरीको हरिनगर नाकासहित सीमावर्ती क्षेत्रमा खोजतलास र निगरानी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

Related Posts