भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिका सुनसरीले १९ औं गाउँसभा अधिवेशनमा ३ पत्रकार २ विद्यार्थी १ शिक्षकसहित ६ जना सम्मानित गरेको छ।पालिकाले १९ औं गाउँसभा अधिवेशन सम्पन्नको अवसरमा मंगलबार स्थानीय पत्रकारहरुलाई सम्मानित गरेको हो ।
हरिनगर गाउँपालिका भित्र कार्यक्षेत्र बनाई पत्रकारिता गरि रहेका हरिनगर-१ का वरिष्ठ पत्रकार ताबिल अन्सारी, हरिनगर-४ का पत्रकार नसीम अन्सारी र हरिनगर-२ का पत्रकार रुपेश कुमार मोचीसहित ३ जना पत्रकारहरुलाई सम्मान गरेका छन् ।
पत्रिका पैसामा २०४९ साल देखि बिराटनगर कार्यक्षेत्र बनाई काठमाण्डौबाट प्रकाशन हुने नेपाली पत्र साप्ताहि पत्रिकामा संवाददाता भई काम गरेको , २०५२ साल देखि सुनसरी जिल्ला प्रतिनिधिष्इ काम गरेको पत्रिका नवजंग साप्ताहिक, द एशियन मिरर साप्ताहिकको सम्पादक संचालक भई पत्रकारिता गरेको जनसेवा मिडिया प्रा.लि.द्धारा संचालित एडभान्स एफ.एम.इनरुवाको प्रबन्ध निर्देशक तथा प्रधान सम्पादकको रुपमा काम गरेको साथै हाल हरिनगर गाउँपालिका स्थित अफताब मिडिया एण्ड रिसर्च प्रा.लि.द्धारा संचालित एटिएन खबरका संचालक तथा प्रधान सम्पादक ताविल अन्सारी सुनसरी जिल्ला दक्षिण भेगकै पुरानो तथा पहिलो पत्रकारका रुपमा स्थापित पत्रकार हो ।
त्यसैगरि पत्रिका पैसामा २०५९ सालमा प्रवेश गरि विराटनगरबाट प्रकाशित हुने उद्घोष दैनिक पत्रिकाको तालिममा सहभागी भई १५ दिन तालिम लिएर उक्त पत्रिकामा भुटाहा क्षेत्रबाट समाचार लेखेर रिपोर्टिङ गर्दै पत्रकार पैसामा लागेको हो।
त्यसपछि २०६४ सालमा एसएलसी पास गरि क्याम्पस पढ्न इनरुवा पुगेपछि क्याम्पस पढ्ने क्रममा इनरुवाबाट प्रकाशित हुने वर्णमाला दैनिकमा एक दशकदेखि संवाददाता भई काम गर्दै आईरहेको हो।
त्यसपछि २०७६ सालमा स्मार्ट साझा मिडिया प्रा.लि.द्धारा संचालित स्मार्ट २४ न्यूज अनलाइन दर्ता गरि अध्यक्ष तथा कार्यकारी सम्पादकको रुपमा निरन्तर पत्रकारिता पैसामा लागि रहेको छ ।
त्यसपछि २०७८ सालमा हरिनगर गाउँपालिकाबाट वरिष्ठ पत्रकार ताबिल अन्सारीको सल्लाहमा एक टिम तयार भई हरिनगर(१ भुटाहाबाट सुरसेर राष्ट्रिय दैनिक पत्रिका निकाल्ने काम सुरु भएको थियो ।
सुरसेर राष्ट्रिय दैनिक पत्रिकाका सम्पादक नजामुद्दीन (नईम) अन्सारी, प्रधान सम्पादक ताबिल अन्सारी, कार्यकारी सम्पादक टोमराज मेहता, सह-सम्पादक नसीम अन्सारी र व्यवस्थापक आरिफ अन्सारीको टिमले ३ वर्ष लगातार पत्रिका प्रकाशित गरेको थियो ।
आर्थिक समस्या उत्पन्न भएपछि अहिले पत्रिका प्रकाशित बन्द गरि अहिले सुरसेर राष्ट्रिय दैनिक पत्रिकाको अनलाइन डिजिटल पत्रिका संचालन रहेको छ।
हरिनगर गाउँपालिकाको १९ औँ गाउँ सभाको अवसरमा कलमको माध्यमबाट समग्र पालिकको विकासमा पुर्याएको योगदानको उच्च मुल्यांकन गरि तपाई श्री नसीम अन्सारीलाई पालिकाले वर्ष २०८२ उत्कृष्ट पत्रकारिता पुरस्कार नगदसहित यो सम्मान-पत्र प्रदान सम्मान गरिएको छ।
यसैगरि सुन्दै खबरका पत्रकार रुपेश कुमार मोचीलाई पनि सम्मान पत्रसहित सम्मान गरिएको छ ।
हरिनगर गाउँपालिकाको १९ औँ गाउँ सभाको अवसरमा एसईई २०८१ सालको परीक्षामा पालिका भरि नै सबैभन्दा उत्कृष्ट नतिजा ल्याउने श्री बाल कृष्ण मावि भुटाहाका छात्र अम्मार अन्सारी, त्सतै हरिनगरा उच्च मावि हरिनगरा छात्रालाई पनि सम्मान-पत्र र व्याग दिएर
पालिकाले सम्मानित गरेका छन् ।

त्यसैगरी श्री वसन्तपुर माविका प्र।अ महान यादव समेतलाई सम्मान पत्रद्धारा सम्मान गरिएको थियो ।







