काँग्रेस सभापति देउवाबाट दूरदर्शी युवा नेता डा. अन्सारी सम्मानित

सुनसरी,। नेपाली काँग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले दूरदर्शी युवा नेता डा. अबुल हुसेन अन्सारीलाई सम्मान गरेको छ।

काँग्रेसले सूचना सञ्चार तथा प्रचार विभागले आयोजना गरेको “डिजिटल प्टलेटफर्म प्रयोग, प्रभाव र असर बिषयक कार्यक्रममा काँग्रेस सभापति देउवाले पार्टीमा सक्रिय, सक्षम र दूरदर्शी युवा नेता डा. अन्सारीलाई सम्मानित गरिएको हो।

काँग्रेसका युवा नेता डा. अन्सारीले गर्नु भएको अमुल्य सहयोगप्रति उच्च प्रशंसा सहित पाटी सभापती शेरबहादुर देउवाले सम्मानित गरेको छ ।
सो सम्मान केवल व्यक्तिगत उपलब्धिको पहिचान मात्र होइन, बरु पार्टी र देशको हितमा उहाँले पुर्‍याउनुभएको योगदानको सार्वजनिक प्रशंसा पनि हो ।

डा. अन्सारीले लामो समयदेखि नेपाली काँग्रेसभित्र संगठन सुदृढीकरण, युवा नेतृत्वको विकास, समावेशी राजनीतिक सोच, र सामाजिक न्यायका मुद्दामा सक्रिय रहँदै आएका छन ।

कार्यक्रममा उपस्थित नेताहरुले डा. अन्सारीको अनुशासित राजनीतिक जीवन, जनतासँगको प्रत्यक्ष सम्पर्क र नीति निर्माणमा उहाँले राख्ने स्पष्ट दृष्टिकोणको प्रशंसा गरेका थिए ।

विशेष गरी उहाँले देशको लोकतान्त्रिक मूल्य मान्यता र समान अधिकारको पक्षमा गरेको अडान संगठनभित्र युवा र अल्पसंख्यकको आवाजलाई सशक्त बनाउने प्रयास तथा राजनीतिक शुद्धताको लागि देखाएको प्रतिबद्धतालाई उच्च मूल्याङ्कन गरिएको छ ।

उक्त कार्यक्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता देखि युवा कार्यकर्तासम्मको उपस्थिति रहेको थियो । सम्बोधनका क्रममा वक्ताहरुले भने डा. अबुल हुसेन अन्सारी जस्ता इमानदार, कर्मठ र दूरदर्शी नेताको उपस्थितिले पार्टी मात्र होइन, सम्पूर्ण देशको राजनीतिक संस्कृतिलाई सुदृढ बनाउँछ ।

यो सम्मान कार्यक्रमले पार्टीभित्र सकारात्मक ऊर्जा र प्रेरणा थप्ने मात्र होइन, आगामी दिनमा सक्षम नेतृत्वको आवश्यकता र महत्त्वलाई पनि पुनः उजागर गरेको छ ।

डा. हुसेनले धन्यवाद ज्ञापन गर्दै आफ्नो जिम्मेवारी अझ निष्ठा र प्रतिबद्धतासहित पूरा गर्ने प्रतिज्ञा व्यक्त गर्नु भयो उहाँको भनाइमा यो सम्मान मेरो व्यक्तिगत मात्र होइन जनताको माया र विश्वासको सम्मान हो ।

Related Posts