भारतको उत्तराखण्डमा पहिरोमा परेर १६ नेपाली बेपत्ता भएको अनुमान, दुईजनाको शव भेटियो

काठमाडौं,। भारतको उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लामा पहिरोमा परेर १६ जना नेपाली बेपत्ता भएको अनुमान गरिएको छ ।

नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका अनुसार गौरीकुण्ड, केदारनाथ धामको पैदलयात्रा सुरु हुने स्थान नजिकै गएको पहिरोमा परी सोही स्थानमा होटल चलाएर बसेका जुम्लाका एकै परिवारका सातजना, रोजगारीका लागि गएका जुम्लाकै अन्य चार जना र कालिकोटका पाँचजना बेपत्ता भएको अनुमान गरिएको छ ।

आज बिहान ९ बजेतिर मन्दाकिनी नदीको किनारामा फेला परेका तीनवटा शवमध्ये दुईजना नेपाली नागरिक र एकजना भारतीय नागरिक रहेको बुझिएको दूतावासको प्रेस वक्तव्यमा उल्लेख छ ।

दूतावासले दुईजना नेपालीमध्ये एकजना कालिकोट निवासी टेकबहादुर कामीको सनाखत भएको र अर्को शवको अनुहारमा चोट लागेकाले हालसम्म सनाखत हुन नसकेको बताएको छ ।

Related Posts