कोशी नदीमा पानीको बहाव बढ्दै, ३५ वटा ढोका खुल्ला

सुनसरी,। पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढ्दै गएको छ ।

बुधबार साँझदेखि कोशी ब्यारेज भएर बग्ने यस नदीको पानीको बहावमा वृद्धि भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

राति १०ः०० बजे गरिएको मापनअनुसार दुई लाख ५१ हजार ८६५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेको प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए । यसअघि राति ८ः०० बजेको मापनअनुसार नदीमा दुई लाख ४८ हजार २०० क्युसेक प्रतिसेकेन्ड बहाव रहेको थियो ।

पानीको बहाव बढेपछि कोसी ब्यारेजका ५२ वटा मूल र चार वटा नहरको गरेर ५६ वटा ढोकामध्ये ३५ वटा ढोका खुल्ला गरिएका छन् भने खतरास्वरुप रातो बत्ती बालिएको प्रहरीले जनाएको छ ।

Related Posts