भोक्राहा नरसिंहमा हुसेनमाथि आक्रमण गर्न व्यक्तिलाई कानुनी कार्वाही गर्न नेविसंघ सुनसरीको मग

इनरुवा,। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ स्थित चिरौली चौकमा बिहीबार नेविसंघ सुनसरीका उपसभापति सेराज हुसैनमाथि आक्रमण भएको थियो ।

नेपाली काँग्रेस पार्टीका भोक्राहा नरसिंह गाउँपालिका सह-सचिव तथा नेपाल विद्यार्थी संघ (नेविसंघ) जिल्ला कार्यसमिति सुनसरीका उपसभापति सेराज हुसेनमाथि भएको आक्रमणप्रति कडा आपत्ति जनाउँदै दोषीमाथि तत्काल कानुनी कार्वाही गर्न नेविसंघ सुनसरीले माग गरेको छ।

भोक्राहा नरसिंह चिरौली चोक सार्वजनिक स्थानमा प्रहरीको अगाडि हुसेनमाथि भएको सामुहिक कुटपिट घटनाले स्थानीयवासी, विद्यार्थी, जनसमुदायहरुले आक्रोश पोख्दै बिहानै भएको घटनाले चोकमा कोई सुरक्षित नरहेको गुनासो गरेका छन् ।

स्थानीयहरुका अनुसार पटक पटक चिरौली चोकमा युवा-युवाबीच सामुहिक कुटपिटका घटना भइरहेका छन् । पछिल्लो समय चिरौली चोकमा युवाहरुको गुण्डागर्दी शैलीमा कुटपिट हुँदा स्थानीय जनप्रतिनिधि र प्रहरी मुख्य दर्शक भएर हेरिरहेका छन् ।

नेविसंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपाल विद्यार्थी संघ कानुनी शासन, लोकतान्त्रिक मूल्य र शान्तिपूर्ण राजनीतिप्रति समर्पित संगठन हो। विद्यार्थी नेतामाथि भएको आक्रमणले लोकतान्त्रिक संस्कृतिमाथि नै गम्भीर आघात पुगेको छ।”

सामुहिक आक्रमणमा संलग्नहरूका रूपमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-४ का बासिद अंसारी, वडा-५ का हेदर मन्सुरी र सदाम अन्सारीको नाम उल्लेख्य गरिएका छन् ।

संघका सभापति प्रमोद भट्टराईले हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “आक्रमणमा संलग्न सम्पूर्ण व्यक्तिहरूलाई तत्काल पक्राउ गरी प्रचलित कानुन अनुसार कठोर कारबाही गरियोस् भन्ने नेपाल विद्यार्थी संघ सुनसरीको जोडदार माग छ।”

नेवि संघले घटनाप्रति जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय सुनसरीको गम्भीर ध्यानाकर्षण गराउँदै विद्यार्थी नेताको सुरक्षाका लागि तुरुन्त कदम चाल्न आग्रह गरेको छ।

Related Posts