देशको उच्च ओहोदा पदमा पुग्नुभएको ३ जानलाई नगरपालिकाद्वारा सम्मान

इनरुवा,। सुनसरीको सदरमुकाम इनरुवाबाट देशको उच्च ओहोदामा पुग्नुभएको मुख्य न्यायधीश राजन भट्टराइ, पूर्वाञ्चल विश्व विद्यालयका डिन कोमल प्रसाद दुलाल र डिआइजी अभि नारायण काफ्लेलाइ सम्मान गरेको छ ।

इनरुवा नगरपालिकाले सम्मान कार्यक्रमको आयोजना गरी उच्च अदालत विराटनगरका मुख्य न्यायधीश भट्टराई, डिल दुलाल र डिआइजी काफ्लेलाइ सम्मान गरेको हो ।

इनरुवा नगर प्रमुख केदार भण्डारीले उच्च अदालत विराटनगरका मुख्य न्यायधीश भट्टराई, पूर्वाञ्चल विश्व विधालयका डिन डा।कोमल प्रसाद दुलाल, डिआईजी काफ्लेलाइ सम्मान पत्र, दोसल्ला र फुलमाला लगाएर सम्मान गर्नुभयो ।

सम्मान कार्यक्रममा सुनसरी जिल्ला न्यायधीस प्रकाश राउत, इनरुवा उपप्रमुख विनिता मेहता, प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, प्रहरी उपरीक्षक केशवकुमार थेवे सहितको उपस्थिती रहेको थियो ।

Related Posts