चुनाव अघि नै काँग्रेसभत्रिको बिवाद सम्पन्न गरी चुनावमा जान शिर्ष नेतालाई युवा नेता हुसेनको सुझाव

सुनसरी,। नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेपाल वद्यिार्थी संघका पूर्व केन्द्रीय सदस्य युवा नेता डा. अबुल हुसेन अन्सारीले काँग्रेस पार्टीभित्रको बिवाद चुनाव अघि नै सम्पन्न गरि शिर्ष नेतृत्व वर्गलाई ध्यानाकर्षण गराउदै अपलि गरेका छन् ।

युवा नेता हुसेनले कार्यवाहक सभापतलिाई सम्बोधन गर्दै उनले भने पार्टी अहिले जटलि राजनीतकि संकटमा फसेको र यस अवस्थामा नेतृत्व वर्गले नर्णिायक भूमकिा खेल्नुपर्ने आवश्यकता औंल्याएका छन्।

देशमा भएको जेन–जी आन्दोलनपछि संक्रमणकालीन अवस्थाबाट गुज्ररिहेको देश र काँग्रेस पार्टी दुवैलाई प्रभावति पारेको उल्लेख गर्दै उनले हालै सभापति शेरबहादुर देउवा र नेतृ आरजु राणा देउवामाथि भएको आक्रमणले पार्टीकै मनोबल कमजोर पारेको बताए।

अन्सारीले एक महनिादेखी जारी केन्द्रीय समिति बैठकले कुनै ठोस निर्णय नलिनु चिंताजनक रहको बताउँदै यसले पार्टीलाई इतहिासकै कमजोर मोडतर्फ धकेलरिहेको टप्पिणी गरे।

फागुन २१ मा हुनलागेको प्रतिनिधि सभा नर्विाचन नजिकिदा पार्टी नेतृत्व चुनावी तयारीभन्दा आन्तरकि वविादमा अल्झएिको उनको आरोप छ। महामन्त्रीद्वयले विशेष अधिवेशनको मुद्दालाई लएिर पार्टीभत्रि मनमुटाव बढाएको भन्दै अन्सारीले यस्तो भूमकिाले जनतामाझ काँग्रेसको छविकमजोर बनरिहेको बताए।

“विशेष अधिवेशनका नाममा भाइभाइबीच मनमुटाव गराएर २१ फागुनको नर्विाचनमा कसरी अनुहार देखाउनुहुन्छ ?” उनका अनुसार यो प्रश्न अहिले पार्टी पदाधकिारीहरूसामु ठूला चुनौतीका रूपमा खडा भएको छ।

सरकारले प्रतिनिधिसभा तथा राष्ट्रयि सभाको नर्विाचन तालकिा सार्वजनकि गरसिकेकाले अब पार्टीको साधारण वा विशेष अधिवेशन चुनाव अघि गर्न नसकिने स्पष्ट पार्दै उनले पार्टी नेतृत्वलाई बिवाद होइन, एकताको बाटो तिर लाग्न आग्रह गरे। जारी केन्द्रीय समिति बैठकले जनताको प्रतक्षिामा रहेको आधिकारीक धारणा सार्वजनकि गर्नुपूर्वक गम्भीर हुनुपर्ने उनको भनाइ छ।

अन्सारीले भने, “पार्टी हाम्रो मात्र पेवा होइन, यो जनताको साझा लोकतान्त्रकि चौतारी हो। पार्टीभत्रि कसैले आफूलाई हावी पार्दै लोकतन्त्रको मर्म विथोल्नु हुँदैन।” सभापति देउवा उपचारपछ फर्किसिकेकाले अब पार्टीलाई एक ढक्किा बनाएर चुनावतर्फ उन्मुख हुनुपर्ने उनको सुझाव छ।

अन्त्यमा उनले पार्टीका भ्रातृ एवं सु–वेच्छुक संस्थाहरुलाई तत्काल चुनाव केन्द्रति हुन आह्वान गर्दै पार्टी बैठकहरू अनावश्यक रूपमा बिवाद नगरी सबैलाई एक साथ लिएर अगाडि बढन नेतृत्व वर्गको ध्यानाकर्षण गराएका छन्।

Related Posts