इनरुवा,। सुनसरीको बर्जु गाउँपालिका-६ स्थित शुक्रबारेबाट सशस्त्र प्रहरी बलले ४ लाख भन्दा बढीको सरसामान बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण सुनसरीबाट खटिएको मोवाईल गस्ति टोलीले भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउदैँ गरेको ४ लाख १७ हजार ५४० रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको हो।
प्रहरीका अनुसार लेडिज स्विटर, कुर्ता सुरुवाल, उनी कुर्ता सुरुवाल, बाक्लो उनी कुर्ता सुरुवाल, बच्चाको स्विटर, लेडिज उनी नाईट ड्रेस, लेडिज कुर्ता, ट्राउजर, मोजा लगायतको लत्ताकपडा बरामद गरिएका छन् ।
सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका सरसामान आवश्यक कार्वाहीको लागी कोशी ब्यारेजमा रहेको भन्सार कार्यालय सुनसरी पठाइएको छन् ।





