सुनसरी ४ बाट एकल नाम सिफारिस गराउन पूर्वमन्त्री कार्कीको प्रयास असफल

सुनसरी,। पूर्वमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले सुनसरी क्षेत्र नम्बर ४ बाट एकल नाम सिफारिस गराउन स्थानीय नेता तथा कार्यकर्ता मार्फतको प्रयास असफल भएको छ।

क्षेत्रीय कार्यसमितिको बैठकमा कार्की निकटका स्थानीय नेता तथा कार्यकर्ताहरुले लामो प्रयास गर्दा गर्दै पनि प्रत्यक्षतर्फ कार्कीसहित ५ जनाको नाम सिफारिस गरिएको छ। साथै समानुपातिक र राष्ट्रियसभातर्फ पनि विभिन्न व्यक्तिहरूको नाम सिफारिस भएको छ।

फागुन २१ को निर्वाचनका लागि नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर ४ बाट आफ्नो एकल नाम सिफारिस गर्ने पूर्वमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको प्रयास असफल भएको छ।

सुनसरीका अधिकांश क्षेत्रीय समितिले जिल्लामा नाम पठाइसके पनि क्षेत्र नम्बर ४ मा भने कार्कीको एकल नाम सिफारिस गर्न ५ जनालाई सहमति गरेर जिल्लामा नाम पठाउन एक प्रकारको दबाब सृजना गर्न रणनीति बनाई रहेका छन् ।

सुनसरी क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति ऐयूव अन्सारीका अनुसार क्षेत्री कार्यसमितिको बैठकबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ कार्कीसहित गफार अन्सारी, डिल्ली कार्की, डा. अबुल हुसेन अन्सारी र नवीन श्रेष्ठको नाम सिफारिस भएको छ।

Related Posts