नसीम अन्सारी
भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिका-१ स्थित भुटाहामा रहेको देशकै सबैभन्दा ठुलो ईदगाहमा इदउलफित्र (ईद) को नमाज पढ्ने तयारी पुरा भएको छ।
यस वर्ष भुटाहा ईदगाहमा ईदउलफित्र (ईद) को नमाज शनिबार बिहान साढे आठ बजे हुने भुटाहा ईदगाह कार्यसमितिले जानकारी दिएको हो।
भुटाहा ईदगाह कार्यसमितिका मो। मोबसीर आलम नदवीले भने अनुसार आज बिहीबार साउदी अरेबियामा रमजान महिनाको ३०औं ‘रोजा’ अर्थात व्रत पुरा भएपछि आज शव्वाल १४४७ हिजरी ईदको चन्द्रमा देखिन्छ।
भोली शुक्रबार साउदी अरबसहित सम्पूर्ण गल्फ देशहरुमा ईदउलफित्र मनाउने छन् ।
त्यस्तै नेपाल, भारत र पाकिस्तानमा रमजान महिनाको ३०औं ‘रोजा’ अर्थात व्रत पुरा भएपछि शुक्रबार शव्वाल १४४७ हिजरी ईदको चन्द्रमा देखिन्छ। इस्लाम धर्मावलम्वीहरुले शनिबार ईदउत्रफित्र’ (ईद) पर्व भुटाहासहित देशभर मनाउने छन् ।
मुस्लिम समुदायले ‘ ईदउलफित्र’को नमाज सामूहिक भेला भई मस्जिद, ईदगाहमा पढ्ने गर्छन । ईदको नमाज पढेपछि एकअर्कालाई अङ्कमाल गर्दै खुशी साटासाट गरी घरमा पकाएका विभित्र परिकार खाने गर्दछन् ।






