इनरुवा,। मालपोत कार्यालय सुनसरीमा सार्वजनिक सेवा प्रवाहमा अवरोध पुर्याएको आरोपमा प्रहरीले १८ जनालाई पक्राउ गरेको छ।
मालपोत कार्यालय इनरुवा सुनसरीमा सेवाग्राहीलाई अनावश्यक दुःख दिने तथा सार्वजनिक सेवा प्रवाहमा बाधा पुर्याइएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको हो र
उक्त क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले १३ जना र कोशी प्रदेश यातायात व्यवस्था कार्यालय इटहरीबाट खटिएको टोलीले ५ जना गरी कुल १८ जनालाई नियन्त्रणमा लिएका छन् ।
पक्राउ परेकामध्ये १६ जना पुरुष र २ जना महिला रहेका छन्। प्रहरीका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको छ।
उनीहरूले सेवाग्राहीहरूलाई हैरानी दिने, प्रक्रियामा अवरोध सृर्जना गर्ने तथा अनियमित गतिविधिमा संलग्न भएको प्रारम्भिक आशंका गरिएको छ।
यस विषयमा थप अनुसन्धानपछि आवश्यक कानुनी कारबाही अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।






