प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

सुनसरी,। झापा र मोरङको छुट्टा-छुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर र औषधिसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापाको अर्जुनधारा नगरपालिका ६ स्थित लागूऔषध कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा ११ का २५ वर्षीय निर्मल बुढाथोकीलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट ५ ग्राम १ सय मिलिग्राम ब्राउनसुगर र नगद १५ हजारसहित नियन्त्रणमा लिएको हो ।

यसैगरी मोरङको इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले केराबारी गाउँपालिका ६ का १९ वर्षीय सुप्रिम राईलाई प्रतिबन्धित औषधि स्पासपेन २ सय ३० र ट्रमाडोल २ सय १५ पिस सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरूको सम्बन्धित प्रहरी कार्यालयहरूबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Related Posts