इटहरी,। जनता बहुमुखी क्याम्पस इटहरीको सञ्चालक समितिको निर्वाचनमा १३ जना विजय भएका छन् ।
शनिबार भएको १३ पदका लागि ३२ जना प्रतिस्पर्धामा थिए । कूल ७३० मतदातामध्ये ६०४ मत खसेको थियो । जसमध्ये शेखर लुइँटेल ४०८ मत प्राप्त गर्दै पहिलो स्थान प्राप्त गरे ।
यस्तै, कुलबहादुर कार्की (राजकुमार) ३९९ मत, विकल रेग्मी ३६५ मत, विकास केसी ३५२ मत, अम्बिका श्रेष्ठ ३४६ मत, तीर्थराज पराजुली ३४१ मत, युगप्रिय निरौलाले ३३६ मत प्राप्त गरे ।
यसैगरी, गङ्गा प्रसाद भट्टराई ३०३ मत, शिवराज दाहाल २९९ मत, ईश्वर भट्टराई २९६, उर्मिलादेवी कटवाल २८२ मत, दिनेशकुमार भट्टराई २७२ मत र रेवतीप्रसाद घिमिरेले २७१ मत प्राप्त गरे ।





