उदयपुर,। उदयपुरको त्रियुगा नगरपालिका-१० स्थित मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
तीन जना सवार प्रदेश १–०२–०४४ प ८८९३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल पछाडि सवार त्रियुगा ६ जलजलेका २५ वर्षीय सुदीप चौधरीको मृत्यु भएको हो ।
उनको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका चालक त्रियुगा ६ का २२ वर्षीय पंकज चौधरी र २७ वर्षीय मुकेश चौधरीलाई थप उपचारको लागि विराटनगर लगिएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भइरहेको छ ।





