सांसद डा. सुनील शर्मासहित ५ जना डाक्टर पक्राउ

काठमाडौँ,। अप्रेशन ‘फोक्सट्रोट चार्ली’ अन्तरगत केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हालसम्म सांसद डा. सुनील शर्मासहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक महिला डाक्टर समेत रहेकी छन् ।

पक्राउ पर्नेमा शर्मासहित डा रामबाबु यादव, डा. एरिना यादव, अमृत चौधरी र डा. रञ्जित कुमार यादव रहेका छन् । अमृत चौधरी त्रिवि शिक्षण अस्पतालका डाक्टर हुन् भने सुनिल बाहेकका अन्य पनि विभिन्न अस्पतालमा कार्यरत थिए । शर्मा मेडिकल व्यवसायी हुन् भने सांसद भएपछि संसदीय मोर्चामै व्यस्त थिए ।

सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले यस प्रकरणमा पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको बताए । सबैले प्रमाणपत्र कीर्ते गरेर डाक्टर बनेको उजुरी परेपछि छानबिनमा दोषी देखिएको बताइएको छ ।

यो पनि

सांसद सुनिल शर्मा पक्राउ

कक्षा १२ को प्रमाणपत्र डा. शर्माको नक्कली: अनुसन्धान ब्युरो

Related Posts