अझै पुरानो पाराले अब राजनीति चल्दैन: केन्द्रीय सदस्य शेर्पा

इनरुवा,। नेपाली काँग्रेसका केन्द्रीय सदस्य आङ्गेलु शेर्पाले अझै पुरानो पाराले काँग्रेसमा राजनीति अब नचल्ने बताएका छन् ।

बिहीबार नेपाली काँग्रेस सुनसरी पार्टी कार्यालय इनरुवामा काँग्रेस क्षेत्र नं।२ का क्षेत्रीय समितिले आयोजना गरेको विशेष आन्तरिक अभियान कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य शेर्पाले पुरानो पाराले मात्रै अबको राजनीति नचल्ने बताएका हुन् ।

उनले विश्वेश्वरप्रसाद कोइरालाको सिद्धान्तलाई मात्र अगाडि सारेर पार्टी नचल्ने बताउँदै पार्टीमा योगदान पुर्याएका र नेता, कार्यकर्ताले गरेको त्यागको मूल्यांकनको कदर हुनुपर्ने बताए ।

उनले पछिल्लो समय काँग्रेस जनतासँग प्रत्यक्ष संवादमा गरेर उनीहरूका समस्या समाधान गर्ने र जनताको आवाज बोल्नुपर्ने शेर्पाको भनाइ थियो ।

‘नेपाली काँग्रेसको इतिहासलाई २०४८ सालदेखि पटकपटक धितो राख्दै आएकाले अहिले धितो नै नलिने ठाँउमा पुर्याएको छ,’ उनले भने, ‘त्यसैले अब बेरोजगारी समस्या समधान, आर्थिक सम्बृद्धिका विश्वसनीय कार्यक्रम, जनजिविकालाई उकस्ने ठोस योजनासहित अगाडि बढ्नु विकल्प छैन ।’

कृषकलक्षित कार्यक्रम ल्याउनका निम्तिसमेत कांरँग्रेस सकारात्मक रहेको र युवाहरू लक्षित कार्यक्रमसमेत ल्याउने उनले बताए । अहिले पार्टीका कार्यकर्तामा बितृष्णा उत्पन्न भएपनि निराश नहुनका निम्ति आग्रह गरे ।

देशको विकास निर्माणसहितको राजनीति गर्नुपर्ने उनले बताए । ‘अबको राजनीति विकास, समृद्धिसँगै जनताको आवश्यकता पूरा गर्ने राजनीति हुनुपर्छ भन्ने हिसाबमा काँग्रेस स्ष्पट छ,’ उनले भने, ‘नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने कुरा स्वभाविक हो, विधानतः नेतृत्व परिवर्तन हुन्छ, तर यसका लागि छुट्टै एजेण्डा बनाएर राजनीति गरिराख्नुपर्दैन ।

Related Posts