नसीम राज अं.
इनरुवा,। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा रमेश प्रसाद यादवको नेतृत्वमा १५ सदस्य सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ गठन भएको छ ।
विद्यालय व्यवस्थापन समिति महासंघ कोशी प्रदेश सचिव हरि कार्कीको अध्यक्षता र भोक्राहा नरसिंह शिक्षा शाखा प्रमुख रमेशचन्द्र तिम्सिनाल प्रमुख आथित्यतामा भएको प्रथम गाउँपालिका सम्मेलनबाट रमेश प्रसाद यादवको नेतृत्वमा १५ सदस्य गाउँ महासंघ गठन गरिएको हो ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ भोक्राहा नरसिंह गाउँपालिकाको उपाध्यक्षमा ब्रहमदेव उराँव, सचिवमा जगदिश यादव, कोषाध्यक्षमा जमालुदिन मंसुरी चयन हुनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा शिवनारायण मेहता, शिवराम यादव, रामचन्द्र यादव, रामकुमार मण्डल, सिताराम यादव, हेमनारायण मण्डल र इशा अंसारी लगायतका चयन हुनुभएको छ ।
महासंघमा चयन हुनुभएका पदाधिकारीहरु तथा सदस्यहरुलाई भोक्राहा नरसिंह शिक्षा शाखा प्रमुख रमेशचन्द्र तिम्सिनाले प्रमाण पत्र वितरण तथा बधाई दिनुभएको थियो । स्रोत :- फाेटाे पत्रकार जयकृष्ण यादव






