नेपाली काँग्रेसका संसदीय दलको बैठक जारी

काठमाडौं,। नेपाली काँग्रेसको संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बसिरहेको छ । प्रतिनिधि सभा बैठक स्थगित भए लगत्तै नयाँ बानेश्वरमा नै संसदीय दलको बैठक बसेको हो ।

अवरुद्ध सदन खुलाउने, सदनमा विचाराधीन रहेका विधेयकलाई कसरी अगाडि बढाउने रु नयाँ विधेयक कसरी प्रस्तुत गर्ने भन्नेबारे छलफल गर्न बैठक बोलाइएको संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताएका थिए ।

बैठकमा आगामी दिनमा संसद्‍मा काँग्रेस कसरी प्रस्तुत हुने, डेङ्गु रोगको रोकथाम, पशुपंक्षीमा लाग्ने लम्की रोगको उपचार, मानिसमा आँखा पाक्ने रोगको उपचारबारेमा सरकारको ध्यानाकर्षण गराइने प्रमुख सचेतक लेखकको भनाइ छ ।

बैठकका एजेन्डा बिहीबारको काँग्रेस संसदीय दलको कार्यसमिति बैठकले तय गरेको थियो ।

Related Posts