काठमाडौँ,। सांसद सुनील शर्मालाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय काठमाडौँमा लैजाने क्रममा तनाव भएको छ ।
काँग्रेस नेता समेत सुनील शर्माका समर्थक र प्रहरीबीच विवाद भएपछि हातपात हुँदा अवस्था तनाव बनेको हो ।
यस्तै समर्थकहरुले सुनीलमाथि दुर्व्यवहार भएको भन्दै नाराबाजी गरेका थिए । यस्तै समर्थकहरुले ‘हात हाल्न पाइँदैन, प्रहरी दमन मुर्दावाद’लगायतका नारा लगाएका थिए ।
शर्माले सरकारी वकिलको कार्यालय बाहिर निस्कने क्रममा समर्थकलाई आफूमाथि दुर्व्यवहार भएको बताए । उनले भने, ‘दुई पटक हात हाल्यो ।
त्यसपछि समर्थकले ‘डाक्टर सा’बलाई हात हाल्ने को हो त्यो’ भन्दै नाराबाजी सुरु गरेका थिए । त्यसपछि दुई पक्षबीच धकेलाधकेल हुँदा तनावको स्थिति बनेको हो ।
बिहीबार शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले शर्मालाई राजधानीको गोल्फुटारबाट पक्राउ गरेको थियो ।
पक्राउ पछि सीआईबीको हिरासतमा रात बिताएका उनलाई शुक्रबार दिउँसो भने म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको थियो ।
शैक्षिक प्रमाणपत्र किर्ते गरेर डाक्टर बनेको आरोपमा सीआईबीले हालसम्म ८ जनालाई पक्राउ गरिसकेको छ।्





