राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ को नतिजा प्रकाशन गर्ने तयारी

इनरुवा,। राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ को नतिजा प्रकाशनको तयारी तीव्र पारेको छ । बोर्डका अनुसार नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगे पनि नतिजा प्रकाशनको मिति भने अहिले यकिन गर्न सकिएको छैन ।

परीक्षा बोर्डका सूचना अधिकारी नारायण पोख्रेलले नतिजा प्रकाशन भने अन्तिम चरणमा पुगेको जानकारी दिए । उनले नतिजा जुन दिन पनि प्रकाशित हुनसक्ने उल्लेख गरे । उनका अनुसार यही साउन महिनाभित्र नतिजा प्रकाशित पनि हुनसक्छ ।

त्यसो नभए भदौ महिनासम्म भने नतिजा प्रकाशित भइसक्नेछ । बोर्डले कक्षा-१२ को परीक्षा २०८० साल वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन गरेको थियो ।

Related Posts