सुनसरीका कटुवाल कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त

सुनसरी,। सुनसरीको बराह क्षेत्र नगरपालिका वडा नम्बर-३ का बुद्धिबहादुर कटुवाल कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त भएका छन् ।

अधिवक्ता कटुवाल सुनसरीका बासिन्दा हुन् । उनलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गर्न मुख्यमन्त्री उद्धव थापाले प्रदेश प्रमुख परशुराम खापुङ समक्ष सिफारिस गरेका थिए । सोही सिफारिसको आधारमा कटुवाललाई मुख्य न्यायाधिवक्तामा नियुक्त भएका हुन् ।

उनलाई आजै प्रदेश प्रमुख खापुङको उपस्थितिमा उच्च अदालत विराटनगरका कायम मुकायम मुख्य न्यायाधिश सत्यमोहन जोशी थारुले पद तथा गोपनीयताको शपथ ग्रहण गराएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।

 

Related Posts