उपसभामुख अनुपस्थित भएपछि बिहानको बैठक स्थगित, दिउँसो १२ बजे मन्सुरीको उपस्थितिमा बैठक बस्ने सहमति

इनरुवा,। उपसभामुख अनुपस्थित भएपछि बिहान ८ बजे बोलाएको कोशी प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक स्थगित भएको छ ।

परामर्श समितिका सदस्यहरु बैठकमा सहभागी हुन बैठकस्थलमा पुगेपनि उपसभामुखले अनुपस्थित रहने सूचना दिइसकेका कारण बैठक अगाडि नबढी स्थगित भएको हो ।

परामर्श समितिका सदस्यहरुबीच अनौपचारिक छलफल भने भएको छ । छलफलले दिउँसो १२ः१५ बजे बैठकको अध्यक्षता गर्ने जिम्मेवारी पाउनुभएका प्रदेशसभा सदस्य इस्राइल मन्सुरीको उपस्थितिमा बैठक बस्ने सहमति गरेको छ ।

 

Related Posts